मधेस प्रदेश : जनकपुरबाट चोरी भएको बस सिरहाको गोलबजारमा फेला

मिति: २०२४-०१-१० , समय : ०९:४९:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको राजधानी जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला परेको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा न. ७ मा पार्किङ गरेको अवस्थामा उक्त बस फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

जनकपुर भिठामोड चल्ने चल्ने ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो । तर, मंगलबार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका ३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।

यता हराएको बस भेटिए पनि कसरी गोलबजारमा पुग्यो भन्ने अनुसन्धान गरिरहेको डिएसपी अवाले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०१-१० , समय : ०९:४९:१३ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्