सदस्यता शुद्धिकरण सहित विभिन्न ४ बुँदे माग सहित प्रेस मंचले नेपाल पत्रकार महासंघ सप्तरीमा बुझायो ज्ञापन पत्र
मिति: २०२४-०१-०८ , समय : १७:२७:१४ , गामघर डेस्क
मिति: २०२४-०१-०८ , समय : १७:२७:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । जसपा नेपाल निकट प्रेस मंच नेपाल शाखा सप्तरीले सदस्यता शुद्धिकरण सहित चारबुँदे मागसहित नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई ज्ञापन पत्र बुझाएको छ । प्रेस मंचका अध्यक्ष भुषण सिंहकाे नेतृत्वमा मंचमा आबद्ध पत्रकारहरुले अाज नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवलाई ज्ञापन पत्र बुझाएको हाे ।
ज्ञापन पत्रमा सदस्यता शुद्धिकरणको सन्दर्भमा विभिन्न राजनीतिक दलमा आबद्ध केन्द्रीय हैसियतका पत्रकारहरूलाई शुद्धिकरणमा महासंघको केन्द्रीय समितिले समावेश नगरेको तथ्य जानकारीमा आएको भन्दै शुद्धिकरण अभियान शतप्रतिशत तोकिएको मापदण्ड बमोजिम कार्यान्वयन गर्न माग गरेको छ ।
त्यस्तै महासंघ शाखा सप्तरीको वार्षिक साधारण सभा १५ दिनभित्र आयोजना गर्न माग गरिएको छ । ‘ नेपाल पत्रकार महासंघ शाखा सप्तरीको साधारण सभा केन्द्रको निर्देशन बमोजिम स्थगित भएको सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको छ । तीन वर्षमा महासंघको साधारण सभा अनिवार्यरूपमा गर्नुपर्नेमा सदस्यता शुद्धिकरण एवं उक्त कार्य केन्द्रबाट हालसम्म टुंगो नलागेको अवस्थामा पछिल्लो जिल्ला अधिवेशनबाट कायम रहेको सदस्य सङ्ख्याको आधारमा यही पुस १९ गते प्रेस मञ्च जिल्ला कार्य समितीले जारी गरेको विज्ञप्तिमा उल्लेख भए बमोजिम १५ दिनभित्र साधारण सभा आयोजना गर्न महासंघको शाखा सप्तरी सँग समेत प्रेस मञ्चको आग्रह छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका नयाँ पत्रकारलाई महासंघको सदस्यता प्रदान गर्न र महासंघको शाखा सप्तरीमा भएको आर्थिक क्रियाकलापको समेत आन्तरिक छानविन गर्न माग गरेको छ । माग पुरा नभए प्रेस मंच आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।
प्रकाशित मिति: २०२४-०१-०८ , समय : १७:२७:१४ , 1 year अगाडि