सप्तरीमा प्रहरीकै मिलाेमताेमा अबैध गाजा तस्करी : १ हजार ६ किलो गाँजा बरामद
मिति: २०२४-०१-०६ , समय : १५:३६:२९ , गामघर डेस्क
मिति: २०२४-०१-०६ , समय : १५:३६:२९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीबाट १ हजार ६ किलो लागूऔषध गाँजा गाँजासहित पक्राउ परेकालाई शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
जिल्लाको खडक नगरपालिका वडा न. ७ स्थित कल्याणपुरबाट टिपरमा लोड गरिएको अवस्थामा १ हजार ६ किलो गाँजा बरामद भएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । उहाँका अनुसार पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख ५८३१ नम्बरको टिपरबाट सो परिणामको गाँजा भेटिएको बताउनु भयो । उहाँका अनुसार टिपरमा तल गाँजा राखी बालुवाले छोपेर ल्याउने क्रममा समातिएको पत्रकार सम्मेलनमा बताउनु भयो ।
उक्त गाँजासहित टिपर चालक धनकुटाको शहिदभूमी गाउँपालिका वडा न. ४ का ३२ बर्षिय विशेष राईलाई पक्राउ गरिएको छ ।
गाँजासहित पक्राउ परेका राईको साथबाट १ लाख नगद समेत बरामद भएको साथै अन्य आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनु भयो । स्मरण रहाेस , पछिल्लोपटक सप्तरी प्रहरीकै मिलाेमताेमा विभिन्न नाकाबाट अबैध गाजा तस्करी भइरहेको छ ।
प्रकाशित मिति: २०२४-०१-०६ , समय : १५:३६:२९ , 1 year अगाडि