सप्तरीको ग्रामीण भेगका हाेटेलहरुमा पनि याैन व्यवसाय : २ महिलासहित ७ जनालाई पक्राउ
मिति: २०२४-०१-०६ , समय : १५:१८:११ , गामघर डेस्क
मिति: २०२४-०१-०६ , समय : १५:१८:११ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरीकाे ग्रामीण क्षेत्रमा समेत खुल्लेअाम यौन व्यवसाय संचालन भइरहेको खुलासा भएको छ ।
साेहि क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक हाेटेलबाट याैन व्यवसाय गरेको आराेपमा २ महिलासहित ७ जनालाई पक्राउ गरेको छ ।
डाक्नेश्वरी नगरपालिकाकाे वडा नम्बर ५ पाताेस्थित कुनाल काेल्ड स्टाेर एण्ड हाेटेलबाट गएराति २ महिला र ५ जना पुरूषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये २ जना भारतीय पुरुष छन् ।
यता फरार भएका होटेलका सन्चालकको खोजी गर्दै यस सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।
स्मरण रहाेस , पछिल्लोपटक सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाकाे अन्य ग्रामीण भेगहरुमा समेत खुल्लेअाम हाेटल तथा लजहरुमा याैन व्यवसाय हुने गरेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०१-०६ , समय : १५:१८:११ , १ वर्ष अगाडि