सप्तरीमा नेकपा माओबादी केन्द्रकाे चार महिने अभियान सम्पन्न
मिति: २०२४-०१-०३ , समय : १९:२७:४३ , गामघर डेस्क
मिति: २०२४-०१-०३ , समय : १९:२७:४३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीको आयोजनामा चार महिने जनतासगं माऔबादी बिशेष रुपान्तर अभियान एक कार्यक्रम विच बुधवार सम्पन्न गरेका छन । सो अभियान समापन्नको अध्यक्षता नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्य पुर्व मन्त्रि महेन्द्र पासवानले पार्टीको उपलब्धिको प्रचार प्रसार गरेर जनता समक्ष गएर ४ महिने अभियानले पार्टीका नेता,कार्यकर्तालाई जोडने कामको साथै जिल्लामा नेताहरु विच अन्तरविरोध रहेको बताउनु भयो । अहिले ब्यवस्था फेरिए पनि आम जनताको अबस्थामा परिर्वन नभएकोले मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको पक्षमा पार्टी नेतृत्व एक पछि अर्को भ्रष्टाचारीहरुको फाइल खोलि रहेको बताउनु भयो । उहाँले नेपालको परिपेक्षमा संसदिय निर्वाचन प्रणाली महंगो भएकोले गरिव,दलित लगायतका समुदायका लागी समावेशी,समानुपातिक,रुपमा सहभागी गराउन निर्वाचन प्रणाली राष्टपति कार्यकारी र सांसदहरु पुर्ण समानुपातिक हुनु पर्ने बताउनु भयो । उहाँले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हरेक आन्दोलनको नेतृत्व गरेको दावी गर्नु भयो । उहाँले देशमा जनयुद्घ नभएको भए शाही राजतन्त्र नढल्ने बताउनु भयो । माओवादीका हजारौ महान योद्घाहरुले उच्च शहादत दिएका कारण यो प्रणाली आएको बताउनु भयो । उहाँले अभियानबाट नै माओवादीमा रहेका भ्रष्ट,जालसाजी लगायतका प्रवृती कम भएर गएको दावी गर्नु भयो । अभियानबाट स्थनिय समस्या,विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनु भयो । सो अवसरमा अतिथिहरुमा केन्द्रीय सदस्य रामकुमार शर्मा,दिलिपकुमार साह,जगत प्रसाद यादव, बौधमाया यादव,सुनित महतो, बैकिलपिक केन्द्रीय सदस्य असर्फी सदा, केन्द्रीय पुर्व सल्लाहकार पुष्प बस्नेत, हिरालाल यादव पुर्व प्रदेश सभा सदस्य प्रमिला यादव, लगायत अभियानको बारैमा आ आफनो मन्तब्य राखेका थिए । पुर्व प्रदेस सदस्य छेदी रजक(विमल)ले सञ्चालन गरेको सो कार्यक्रममा सप्तकोशी नगरपालिकाबाट रविन्द्र चौधरी,अग्नीसायरकृष्णासवरणबाट बेचन चौधरी,हनुमाननगर कंकालिनी न.पा.बाट राहुल मण्डल,राजविराजबाट केदार देव,छिन्नमस्ताबाट विनोद यादव,कोइलाडी तिलाठीबाट खगेन्द्र मण्डल,महादेवा गाउपालिकाबाट दिपेन्द्र माझी,रुपनी गापाबाट राजु जयसवाल , शम्भुनाथबाट गणपति साह,डाकनेश्वरीबाट कर्णदेव यादव, राजगढबाट दिप ना. यादव,बलान बिहुलबाट पशुपति यादव,बोदेबर्साइनबाट हिरा लाल यादव,सुरुगा.बाट सुर्य नारायण यादव, खडक बाट प्रथम लाल राम,पालिकाबाट आ आफनो मन्तब्य राखेका थिए । यस अभियान कार्यक्रममा २५ हजार २ सय पचास रुपैयाँ खर्च भएको थियो भने १८ हजार ५ सय आम्दानी भएको मधेस प्रदेसका पुर्व सदस्य भागवत यादवले सो अवसरमा जानकारी दिनु भएको थियो । अभियान समापन्नको अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरुलाई सम्मान समेत गरेका थिए ।
प्रकाशित मिति: २०२४-०१-०३ , समय : १९:२७:४३ , १ वर्ष अगाडि