सप्तरीकाे तिलाठी काेइलाडीमा अनियमितता ढाकछाेप गर्न वडाअध्यक्षद्वारा निवेदन दर्ता गर्न अस्विकार

मिति: २०२४-०१-०१ , समय : २१:५२:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजबिराज ।
सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष हरी नारायण मण्डलले अनियमिता ढाकछोप गर्न खाेजेकाे रहस्य खुलेको छ । उनले वडा सिलिङ्ग बजेट लगायत विभिन्न वार्षिक प्रतिवेदनकाे प्रमाणित प्रमाणीकरण प्रतिवेदनकाे माँग राखी पेश गरेकाे निवेदन दर्ता गर्न अस्वीकार गरेकाे हाे ।

कार्यालयकाे सम्पूर्ण कामकाे जानकारी तथा विवरण लिन आम जनतालाई प्राप्त अधिकार बमाेजिम पेश गरेकाे निवेदन दर्ता गर्न नमान्नु वडाध्यक्षले अनियमितता ढाकछाेप गर्न खाेजेकाे स्थानीय पत्रकार नवीन यादवले बताए । पालिका सूचना अधिकारीलाई सम्बाेधन गरि यहि पुस ११ गते उक्त वडा कार्यालयमा निवेदन दर्ता गराउन गएका थिए । यादवले भने वडा अध्यक्ष मण्डलले वडासचिव ब्रह्मदेव रजकलाई निवेदन दर्ता नगर्न आदेश दियाे । वडाध्यक्षले निवेदन दर्ता गर्न राेक लगाएपछि तत्कालै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई समेत ध्यानाकर्षण गराए । प्रजिअ थापाले गाउपालिकाका अधिकृत राजु झासंग कुरा बुझ्न लगाएर वडा सचिवसंग समन्वय गरेको थियोे । वडासचिवले नै दिइएकाे समय र मितिमा पुनः कार्यालय पुग्दा वडा सचिवले निवेदन दर्ता गर्न मानेन। यसरी जनताले सूचनाकाे हकबाट बञ्चित हुने कार्य जनप्रतिनिधिहरूबाटै भएपछि जनताले यस्ता जनप्रतिनिधिहरुबाट के अपेक्षा गर्न सक्ला त ….? स्मरण रहाेस मण्डल जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष हुन ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : २१:५२:२० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित