सप्तरीमा बार एशोसिएशनको निर्वाचनमा मिश्रित परीणाम : अध्यक्षमा हरेराम यादव निर्वाचित
मिति: २०२३-१२-३१ , समय : १७:००:१४ , गामघर डेस्क
मिति: २०२३-१२-३१ , समय : १७:००:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
उच्च अदालत जनकपुर राजविराज इजलास बार एशोसिएशनको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा मिश्रित परीणाम आएको छ । मिश्रित परीणाम अनुसार अधिवक्ता हरेराम यादव अध्यक्षतामा निर्वाचित भएको हो । पछिल्लो मत परिणाम अनुसार अधिवक्ता घर्मेन्द्र प्रसाद यादव उपाध्यक्ष, अधिवक्ता दानो कुमारी यादव सचिव,अधिवक्ता उमाशंकर देव कोषाध्यक्षमा र्विाचित भएको छ भने ,अधिवक्ता डा. सन्तोष कुमार चमन यादव, अधिवक्ता दिनेश कुमार सिंह,अधिवक्ता डा. शिव नारायण यादव,अधिवक्ता रामचन्द्र मण्डल ,अधिवक्ता राज कुमार साह,अधिवक्ता नित्यदेव प्रसाद यादव,अधिवक्ता राजकुमार टरैत,अधिवक्ता किसुनदेव ठाकुर,अधिवक्ता कौशल किसोर दत्त सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता धीरेन्द्र प्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
नयाँ कार्यसमितिका लागि निर्वाचनमा बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूह र गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूह बीच प्रतिस्पर्धा भएको थियो । गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यवसायी समूह बाट सचिवमा दानो कुमारी चौधरी र सदस्यमा राजकुमार टरैत निर्वाचित भएको छ ।
बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत समूह हरेराम यादवको नेतृत्वमा तथा गणतान्त्रिक प्रगतिशील तथा पेशागत एवं समावेशी कानुन व्यव्सायी समूह बलराम सिंहको नेतृत्वमा प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।निर्वाचन गत शनिबार भएको थियो । वार एशोसिएशनमा २०३ जना मतदाता छन् ।
प्रकाशित मिति: २०२३-१२-३१ , समय : १७:००:१४ , 1 year अगाडि