मधेस प्रदेशको दोस्रो पालिकाकाे रुपमा सप्तरीको खडक नगरपालिका बालविवाह मुक्त पालिका घाेषणा
मिति: २०२३-१२-२९ , समय : १७:४०:३३ , गामघर डेस्क
मिति: २०२३-१२-२९ , समय : १७:४०:३३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मधेस प्रदेशको दोस्रो पालिकाकाे रुपमा सप्तरीकाे खडक नगरपालिका बालविवाह मुक्त पालिका शुक्रवार घोषणा गरिएको छ ।
एक कार्यक्रम बीच नगरपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले बालविवाह मुक्त पालिका घोषणा गरेका हुन ।
सो अवसरमा उहाँले मधेश प्रदेश सरकारको १० बर्षको रणनीति योजना अन्तर्गत बालविवाह मुक्त प्रदेसको अवधारणा रहेको बताउनु भयो । उहाँले मधेस सरकारको रणनीति योजनामा सहयोग गरेकोमा सम्पुर्ण पक्षलाई धन्यवाद समेत दिनु भयो । सोही अवसरमा उहाँले शिक्षामा मधेश प्रदेश अन्य प्रदेशभन्दा कमजोर रहेको बताउनु भयो । उहाँले आगामी ४ बर्षभित्रमा प्रदेशका कुनै पनि ब्यक्ति निरक्षर नरहने गरि सरकारले काम अगाडी बढाएकोले अभिभावक र शिक्षकले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गर्नु भयो । उहाँले सीमान्तकृत, गरीब, दलित लगायत पिछडिएको समुदायका बालबालिका अव प्रदेसमा साक्षर हुने बताउनु भयो । उहाँले बालविवाह मुक्त घोषणा गरेकोमा नगरपालिकालाई धन्यवाद दिदै पालिकालाई साक्षर घोषणा गर्न पनि आग्रह गर्नु भयो ।
नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह, सुरुङा नगरपालिकाका प्रमुख गीता चौधरी, सेभ द चिल्ड्रेन बर्दिवासका प्रमुख धना भुसाल, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सबल नेपालका अध्यक्ष जुना गिरी,लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सबल नेपाल राजविराज र सेभ द चिल्ड्रेनको सहयोग र सहकार्यमा बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ बमोजिम घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-१२-२९ , समय : १७:४०:३३ , 1 year अगाडि