सरकारले गहुँकाे समर्थन मूल्य ताेक्याे , किसानहरु खुशी

मिति: २०२३-१२-२८ , समय : २०:५६:३६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ताेकेकाे छ ।

आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय ५० रुपैयाँ ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

यसैगरी बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ । यता सरकारले गहुकाे समर्थन मूल्य ताेकेकाेमा स्थानीय किसानहरुमा खुशि छाएको छ ।

प्रकाशित मिति: २०२३-१२-२८ , समय : २०:५६:३६ , १२ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित