मधेस प्रदेश : बाघको आक्रमणबाट १ जनाको मृत्युु

मिति: २०२३-१२-२५ , समय : १९:१२:०१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । बाघको आक्रमणबाट मधेस प्रदेशको पर्सामा एक जनाको मृत्युु भएको छ । बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको प्रहरीले जनाएको छ ।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज सोमवार बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केसरीले जानकारी दिनुभयो ।

धाँगडको शव परीक्षणका लागि वीरगञ्जमा रहेको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-२५ , समय : १९:१२:०१ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित