लोसपा नेपालका केन्द्रिय सदस्य राजाबाबुको निधन, वरिष्ठ नेता राजेन्द्र महतोद्वारा श्रद्धाञ्जली अर्पण

मिति: २०२३-१२-२१ , समय : २२:२५:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा समाजसेवी राजेन्द्र प्रसाद यादव (राजा बाबू)  को निधन भएको छ । सप्तरीको राजगढ गाउँपालिका वडा न. २ कमलपुर निवासी  ८५ बर्षिय पुर्व छेत्रपाल समेत रहेका यादवको आफ्नै निवासमा बिहीवार विहान  साढे ५ बजे निधन भएको हो । शाेचालयबाट फर्किने क्रममा एक्कसी ढल्नुभएको बुवाको हर्टट्याक भएर मृत्यु भएको मृतकका छोरा बिरेन्द्र यादवले जानकारी दिनुभयो ।

नेता यादवको पार्थिव शरिरमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। पार्टीद्वारा अन्तिम श्रद्धाञ्जली दिएपछि सामाजिक परम्परा अनुसार बिहिवारै उनको अन्त्यष्टी गरिएको छ ।

नेता यादवको पार्थिव शरीरमा पार्टीका राजेन्द्र महताे सहित केन्द्रीय उपाध्यक्ष जय प्रकाश ठाकुर, महासचिव गजेन्द्र मण्डल, जिल्ला समन्वय समिती सप्तरीका उपसभापति शम्भु यादब, पार्टी केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला अध्यक्ष सुनिल कुमार झा,रुपनी गाउँपालिका अध्यक्ष एवम् पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, हरेकृष्ण प्रसाद सिह हरि बाबू, प्रदेश सदस्य योगेन्द्र यादव, रुपनी गाउँपालिकाका वडाअध्यक्ष पिताम्बर यादव, नर्घो गाबिसका पुर्व अध्यक्ष मुसहरु यादवलगायतका  पार्टी नेताकार्यकर्ताहरुले समेत फुलमाला चढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । स्मरण रहाेस राजाबाबुकाे निधनले सप्तरी जिल्लाका साथै मधेस प्रदेश नै दुखि भएको छ ।

प्रकाशित मिति: २०२३-१२-२१ , समय : २२:२५:५१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित