सप्तरीको तिलाठी कोइलाडीमा जनता समाजवादी पार्टी नेपालको विभिन्न कमिटी गठन
मिति: २०२३-१२-२१ , समय : २२:०८:५० , गामघर डेस्क
मिति: २०२३-१२-२१ , समय : २२:०८:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको ६१ सदस्यीय पालिका कमिटी तथा ४१ सदस्यीय महिला समाजवादी संघ गठन गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.३ सकरपुरामा
बिहीबार अायाेजित जसपाको नेताकार्यकर्ता भेलाले माधव रायको नेतृत्वमा ६१ सदस्यीय गाउँपालिका कमिटी तथा आशा देवीको नेतृत्वमा महिला समाजवादी संघ सर्वसम्मतिले गठन गरिएको पालिकाका सचिव शिवनाथ यादवले जानकारी दिए ।
पालिकाका कार्यबाहक अध्यक्ष माधवको अध्यक्षतामा आयोजित कार्यक्रमा प्रमुख अतिथि जसपा राजनीतिक समिति सदस्य तथा केन्द्रीय सदस्य विनोद चौधरी रहेका थिए ।
कार्यक्रममा जसपा नेता शम्भु झा, जिल्ला कार्यकारिणी समिति सदस्य निरज मुक्ती, निलेश सुचिता यादव, जसपाबाट निर्वाचित तिलाठी कोइलाडीका वडा नं १का वडाध्यक्ष दिनेश्वर मिश्र, ३का रमेश मुखिया, ७का हरि यादव, ८ का सत्यनारायण यादव, हनुमाननगर कंकालिनी नगरपालिका १४का वडाध्यक्ष कृष्ण कुमार यादव, पालिकाका कार्यपालिका सदस्य रीता साह, कृष्ण प्रसाद दास, नितु खंग लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।
त्यस्तै जसपाका सुभाष यादव, जिवछ यादव, गोसाइ यादव, जुगेश्वर मण्डल, निरञ्जन मण्डल, ललित झा, जितेन्द्र यादव लगायतका वक्ताहरुले मन्तव्य राखे । कार्यक्रममा ६ सय भन्दा बढी स्थानीयबासी तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जसपाको सप्तरीमा उमेश यादव तथा केदार यादवको नेतृत्व गरि दुई जिल्ला कार्यसमिति रहेको छ । दुवै कार्यसमितिले आफुलाई पार्टीको वैधानिक जिल्ला समिति रहेको दाबी गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२३-१२-२१ , समय : २२:०८:५० , १२ महिना अगाडि