मधेस प्रदेश : बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्युु , २७ जना घाइते
मिति: २०२३-१२-२० , समय : ०९:५६:०४ , गामघर डेस्क
मिति: २०२३-१२-२० , समय : ०९:५६:०४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशको बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्युु भएको छ भन्ने २७ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
मृत्युु हुनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका उहाँले बताउनुभयो । घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटाैँडा तथा चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-१२-२० , समय : ०९:५६:०४ , १ वर्ष अगाडि