रामायण कालीन परशुराम तलाऊमा पानी छैन : भक्तजनहरू स्नानबाट वञ्चित
मिति: २०२३-१२-१७ , समय : ०८:३९:२६ , विनोद मण्डल
मिति: २०२३-१२-१७ , समय : ०८:३९:२६ , विनोद मण्डल
विनोद मण्डल
जनकपुर । मधेश प्रदेशको धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामको पूर्व–उत्तर स्थित पुरनदाहा गाउँमा परशुराम तलाऊ रहेको छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधाम भन्दा करिव १४ कि.मी . पूर्व तथा धनुषाधाम भन्दा करिव ५ कि.मी पूर्वमा अवस्थित रामायण कालीन परशुराम तलाऊ रहेको छ ।
सुरुवातका दिनहरूमा जनक सरोवरको नाउँले चिनिदै आएको यो सरोवर परशुरामको घोर तपश्याबाट कालो कमलको फूल सेतो भएपछिको दिनदेखि परशुराम तलाउको नाममा चिनिन थालिएको हो ।
साबिक मिथिलेश्वर निकास ४ मा रहेको सरोवर हाल मिथिला विहारी न.पा. २ मा अवस्थित रहेको छ ।
करिब २५ विगहा क्षेत्रफलमा फैलिएको यस तलाऊको दक्षिणतिर सिता सरोवर रहेको छ ।
तलाऊको ठिक पश्चिमपट्टी जगधर नदी बगिरहेको छ यस
जलाशयमा शिली , जलहाँस , नीलकमल रक्त कमल जस्ता दुर्लभ पंक्षी तथा लोपोन्मुख प्रजातिका वनस्पतिहरु पाईने यस सरोवरको आफनै मौलिकता रहेको छ ।
तलाउको पवित्रताको कारण छठ , एकादशमी , एवं जीतिया पर्वमा धार्मिक भजन , किर्तन , नाचगानको व्यवस्था गरी तलाउ बेहुली जस्तै श्रृंगारिन्छ । जितिया पर्वमा विहानैदेखि यस क्षेत्रवरिपरिका महिलाहरुको उल्लेखनीय भीड लाग्ने गर्दछ ।
तर विवाहपञ्चमीको अवसरमा आन्तरिक तथा वाहृय पर्यटकहरू आएपनि कुनै किसिमको सजावट देख्न पाएनन् ।
यस तलाउको पूर्वी डिलमा नगर डिहवारको मन्दिर रहेको छ । उत्तर डिलमा पूर्वबाट मिथिलेश्वर महादेव मन्दिर, बिचमा परशुराम मुर्ति जुन निर्माणाधिन अवस्थामा छ र उत्तर डिलको सबै भन्दा पश्चिममा हनुमानजी महराजको मन्दिर बनाईएको छ । तलाउमा प्रवेश गर्न एउटा ठूलो प्रवेश द्धारा उत्तरतिर बनाईएकोे छ ।
धनुषाको परशुराम तलाउ ब्यबस्थापनका अभावमा एकातिर सरोवरको पानी सुकेको छ भने अर्कोतिर सरोवरको दिलको भौतिक संरचना अलपत्र परेको छ ।
बिबाह पञ्चमीको अवसरमा उक्त सरोवरमा पुगेका भक्तजनहरूले स्नान गर्न पाएका छैनन ।
हिन्दू धर्मग्रन्थ अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्ये छैठौं अवतार मानिन्छ ।
यता परशुरामको मुख्य हतियार परशु (बञ्चरो) भएकाले उनको नाम परशुराम रहेको मानिन्छ । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
प्रकाशित मिति: २०२३-१२-१७ , समय : ०८:३९:२६ , १ वर्ष अगाडि