मधेस प्रदेश : हनुमाननगरका ११ वर्षीय बालकको हत्या , दुई जना पक्राउ
मिति: २०२३-१२-१६ , समय : १६:४५:१२ , गामघर डेस्क
मिति: २०२३-१२-१६ , समय : १६:४५:१२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा मामा घरमा बस्दै आएका एक बालकको हत्या भएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा न.१२ हनुमाननगरमा मामाको घरमा बस्दै आएका अन्दाजी १०÷११ वर्षीय बच्चा आदित्य ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ घरबाट निस्केका बालक नआएपछि उनका परिवारले बेलुका ८ बजेतिर प्रहरीलाई खबर गरेको थिए।
खोजतलास गर्ने क्रममा हनुमाननगरमै बालक घाइते अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
घाइते बालकलाई उपचारको लागि प्रादेशिक अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी अवाका अनुसार बालक फेला पर्दा उनको अनुहारमा चोटपटक लागेको थियो भने कानबाट रगत बगेको थियो।
प्रहरीले अनुसन्धानकै क्रममा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डिएसपी अवाले बताउनुभयो ।
यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
प्रकाशित मिति: २०२३-१२-१६ , समय : १६:४५:१२ , 1 year अगाडि