मधेस प्रदेशमा महिला हत्याको घटनामा बृद्धि : धनुषामा दुई महिलाको शव फेला
मिति: २०२३-१२-०३ , समय : २२:०१:५३ , गामघर डेस्क
मिति: २०२३-१२-०३ , समय : २२:०१:५३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेश सहित मुलुकभरि अहिले १६ दिने महिला हिन्सा बिरुद्धकाे दिवस मनाइरहेकाे छ , तर मधेस प्रदेशमा भन्ने महिला हत्याको घटनाक्रम बढदे गएको छ । साेहि क्रममा मधेस प्रदेशको राजधानी धनुषामा दुई जना महिलाको हत्या भएको छ ।
धनुषाको मिथिला नगरपालिकामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा आईतबार अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।
मृतक महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अनुसार आइतबार बेलुकी स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो । धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन। यस्तै धनुषामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
जिल्लाको सबैला नगरपालिका २ कि २५ वर्षीया पूजा साहको शंकास्पद मृत्यु भएको हो ।
स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
महिलाको मृत्युबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जा अवाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-१२-०३ , समय : २२:०१:५३ , १ वर्ष अगाडि