सप्तरीको महादेवा गाउपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा पुनः रामलखन यादव

मिति: २०२३-१२-०२ , समय : १३:५१:१९ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रामलखन यादव शुक्रवारदेखि पद भार ग्रहण गरेका छन । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा यादव तेश्रो पटक कार्यभार सम्हालेका हुन । उहाँले विगतमा पहिलो पटक २०७६मंसिर १० गतेदेखि २०७७ पुस ७ गतेसम्म,दोश्रो पटक २०७८ बैशाख १५ गतेदेखि २०७९ साउन २३ गतेसम्म र तेश्रो पटक २०८० मंसिर १५ गते शुक्रवारदेखि पद भार सम्हालेको छ ।उहाँलाई गापाका अध्यक्ष सुनिलकुमार मण्डल,उपाध्यक्ष अर्चनाकुमारी यादव,वडाध्यक्षहरु जगेश्वर प्रसाद ईसर, रामकुमार यादव,हरेराम मण्डल र कार्यपालिका सदस्य अनारदेवी रामले फुलमाला,अविर लगाएर स्वागत गरेका थिए ।
सोही अवसरमा लोसपाका युवा नेता सुरेन्द्रकुमार यादव,जसपाका युवा नेता सुभाष यादव, रविन्द्र कुमार मण्डल,अमरेन्द्रकुमार मण्डल,श्याम यादव,कृष्णदेव मण्डल,ब्रहमदेव ईसर,सत्रुधन यादव,रामचन्द्र मण्डल,रञ्जीत मण्डल,राधेश्याम यादव,हनुमान मलाह,वीरेन्द्र गौईत,योगेन्द्र सदा,गणेश यादव,भागवत साह,सचिन्द्र सरदार,ईन्द्रदेव यादव,योगेन्द्र यादव,हरिनारायण यादव,श्रवण यादव,राजेन्द्र मण्डल,डम्बर मण्डल, मो. फिरयाद,लगायतले प्रमुख प्रशासकीय अधिकृत यादवको सफल कार्यकालको शुभकामना सहित बधाइ दिएका थिए ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १३:५१:१९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित