सप्तरीमा गेष्टहाउसमा वेश्यावृती गराएको आरोपमा सञ्चालक र म्यानेजर पक्राउ

मिति: २०२३-११-२६ , समय : १७:२१:२१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा नं .३ स्थित रहेको लक्ष्मी गेष्ट हाउसबाट मानवबेचबिखन तथा ओसार पसार कसुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सो गेष्ट हाउसमा वेश्यावृती भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटि गएको प्रहरी टोलीले महिलाहरुलाई बिभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भईरहेको फेला पारी उक्त गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका वडा नं. ६ का ५७ वर्षिय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर जिल्लाकै महादेवा गाउँपालिका वडा नं. २ का ४१ वर्षिय राम प्रकाश मण्डललाई पक्राउ गरी मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा आईतवार सम्मानित सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-११-२६ , समय : १७:२१:२१ , १ वर्ष अगाडि