सप्तरीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु…
मिति: २०२३-११-२५ , समय : १९:१०:४१ , गामघर डेस्क
मिति: २०२३-११-२५ , समय : १९:१०:४१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,दाइजो प्रथाको अन्त्य गरौं ,लैङ्गिक हिंसा अन्त्य गरौं ,छोराछोरीमा विभेद गर्न पाइदैन ,महिला हिंसा अन्त गरौं ,महिला षुरुष बराबर ,बाल शोषण बन्द गरौं ,महिला शोषण बन्द गरौं लगायतका नाराका साथ सप्तरी जिल्लाको राजविराजमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।
सो अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा , प्रहरी उपरीक्षक गजु शिद्धी बज्राचायर्, राजविराज नगरपालिका का. वा.नगर प्रमुख ईसरत परबिण लगायतकाले घरदेखि कार्य क्षेत्रसम्म महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिनु भयो । सो कार्यक्रममा अधिकारकर्मीहरुले हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला घर–घरबाट पाइला चाल्नु पर्ने बताउनु भयो ।
राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परबिण, सप्तरी प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रमुख उपरीक्षक गजु शिद्धी बज्राचार्य लगायतका बक्ताहरुले सरकारलले महिला, बालबालिका माथि हुने मानवताविरोधी हिंसा मेलमिलापमार्फत मिलाउने कार्य अन्त्यका लागि सरकारले ल्याएको नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । लैङ्गिक हिंसाविरुद्ध १६ दिनसम्म पीडितलाई सहयोग, कानुनी शिक्षा, रयाली, अन्तरक्रिया, सम्वाद, बालविवाह विरुद्ध अन्तरपुस्ता सम्वाद, बक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता, कारागार महिलााई सैनिटरि वितरण विधालयहरुमा विधार्थी भाइबहिनिहरुलाई चेतनामुलक कार्यक्रम ,सडक नाटक लगायतका विभिन्न कार्यक्रमहरु रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२३-११-२५ , समय : १९:१०:४१ , १ वर्ष अगाडि