बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्युु , ३० जनाभन्दा धेरै घाइते
मिति: २०२३-०३-०५ , समय : १०:१९:२२ , गामघर डेस्क
मिति: २०२३-०३-०५ , समय : १०:१९:२२ , गामघर डेस्क
गामघर डेस्क
एजेन्सी ।
बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्युु भएको छ । भन्ने ३० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।
अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् । अघिल्लो वर्ष जुनमा पनि बङ्लादेशको एक अक्सिजन प्लान्ट नजिक कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । झण्डै दुई सय जना घाइते भएका थिए। एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-०५ , समय : १०:१९:२२ , २ वर्ष अगाडि