सप्तरीकाे राजविराज कारागारमा एक जना कैदीको मृत्यु
मिति: २०२३-११-२१ , समय : २०:१९:४८ , गामघर डेस्क
मिति: २०२३-११-२१ , समय : २०:१९:४८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मंगलबार मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा न. १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्दामा उनी २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेको जनाइएको छ।
मंगलबार बिहान शौचालयबाट निस्केपछि उनी लडेका थिए।
उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख दासले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-११-२१ , समय : २०:१९:४८ , १ वर्ष अगाडि