रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

मिति: २०२३-११-०९ , समय : १४:०१:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । रेशम चौधरीविरूद्धको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिनुभएको थियो । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै राष्ट्रपतिको कार्यालय शीतल निवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर भएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहलाई बदर गरिदिएको थियो ।

प्रकाशित मिति: २०२३-११-०९ , समय : १४:०१:४७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित