सप्तरीको राजविराजमा सांस्कृतिक,पर्यटन तथा कृषि व्यापार सहितको सप्तरी महोत्सव सुरु

मिति: २०२३-१०-३० , समय : ०६:५५:३२ , रुपेश कुमार यादव

तस्बिर : सामाजिक सन्जालबाट

रुपेश कुमार यादव

राजविराज । सप्तरी युथ नेपाल, नामक संस्थाले सप्तरीको राजविराज नगरपालिकास्थित राजरंगशालामा विधिवत् रुपमा सप्तरी महोत्सव मेला शुरु गरेका छन् । १५ दिन सम्म चल्ने मेलाको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले उद्घाटन गरेकी हुन् ।

सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक नगरप्रमुख परविनले व्यानर बाचन गरेर महोत्सवको उद्घाटन गरिन तथा महोत्सवमा सबैको साथ,सहयोग र उपस्थितिले मात्र सफल हुने बताईन ।

सांस्कृतिक, पर्यटन तथा कृषि व्यापारलाई संरक्षण,प्रवर्दन गर्ने उत्देश्यले महोत्सवको आयोजना गरिएको सप्तरी महोत्सवका संयोजक सत्येन्द्र यादवले बताए । यादवका अनुसार कार्तिक २६ गतेसम्म संचालन हुने महोत्सवमा विभिन्न स्थानीय उत्पादनहरुको सयौ स्टलहरु राखिएको छ । भने दैनिक रुपमा चर्चित राष्ट्रिय कलाकारहरुद्वारा गीत तथा नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ । महोत्सवमा रोटेपिङ्ग लगायतका आकर्षणका केन्द्र विभिन्न मनोरञ्जनका साधनहरु समेत रहेको मेला व्यवस्थापन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिका कावा प्रमुख ईशरत प्रविण, वडा नं. ८ का अध्यक्ष एवम नगर प्रबक्ता जयनारायण मण्डल, वडा नम्बर नं. २ का अध्यक्ष अरुण कुमार यादव, वडा न.७ का वडाअध्यक्ष सुभाषचन्द्र यादवको उपस्थिति थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव, केन्द्रिय सदस्य ललिता कुमारी साह, पुर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, ब्रह्ममा कुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजकी मुख्य प्रभारी भगवती दिदि, जसपा सप्तरीका उपसचिव शम्भु कुमार यादव, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका सभापति रन्जित कुमार यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भन्ने पत्रकार जितेन्द्र कुमार झा (जितु)ले कार्यक्रम संचालन गरेकाे थियोे ।

प्रकाशित मिति: २०२३-१०-३० , समय : ०६:५५:३२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित