मधेश प्रदेश : माेटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्युु
मिति: २०२३-१०-२९ , समय : ०८:१५:२० , गामघर डेस्क
मिति: २०२३-१०-२९ , समय : ०८:१५:२० , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशको बारामा माेटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानकाे मृत्युु भएको छ । हिजाे बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारकाे मृत्युु भएको हाे ।
बाराको निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारकाे माेटरसाइकल दुर्घटना भएकाे हाे ।
टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँकाे उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएकाे हाे ।
प्रकाशित मिति: २०२३-१०-२९ , समय : ०८:१५:२० , 1 year अगाडि