माधव नेपालका भाइ तथा एकीकृत समाजवादीका नेता सराेज कुमार उपाध्यायकाे मृत्युु
मिति: २०२३-०३-०४ , समय : २१:५०:०९ , गामघर डेस्क
मिति: २०२३-०३-०४ , समय : २१:५०:०९ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।
आज शनिबार दिउँसो २ बजेतिर शंखमुलमा रहेकाे एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उहाँ घाइते हुनुभएको थियो । रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उहाँ भुइँमा खस्नु भएको थियो । उहाँलाई सुरुमा नयाँबानेश्वरमा रहेकाे निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरमा रहेकाे अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाइ हुनुहुन्छ । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई छोरी अमेरिकामा हुनुहुन्छ । उज्यालोबाट
प्रकाशित मिति: २०२३-०३-०४ , समय : २१:५०:०९ , २ वर्ष अगाडि