मधेस प्रदेश : धान खेतमा मृत फेला परेका युवक जनकपुरकै

मिति: २०२३-१०-२६ , समय : २२:०६:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
धान खेतमा मृत फेला परेका युवक जनकपुरकै रहेको खुलेको छ । मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् ।

बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो । टाउको, मुख रकताम्य अवस्थामा उनी मृत फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यता युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । साे घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-२६ , समय : २२:०६:३० , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्