नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

मिति: २०२३-१०-१९ , समय : ०८:०७:०५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।
यस्तै हरेक बर्ष झे यश बर्ष पनि वडा दशैकाे अवसरमा मुलुककाे प्रसिद्ध सप्तरीको छिन्नमस्ता स्थित सखडेश्वरि मन्दिरमा हजारौं भक्तजनहरुकाे पुजापाठ गर्नेहरुकाे भिड लागेको छ । यसबर्ष वडा दशैकाे अवसरमा झण्डै १० लाख भक्तजनहरुले पुजापाठ तथा दर्शन गर्ने लक्ष्य रहेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-१०-१९ , समय : ०८:०७:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित