मधेस प्रदेश : दल त्याग गरेपछि रौतहटको मौलापुर नगरपालिकाकी मेयर साहको पद रिक्त

मिति: २०२३-१०-१७ , समय : १४:११:४१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएको कारण मेयर रीना कुमारी साहको पद रिक्त भएको जानकारी गराएको हो ।

एमालेबाट निर्वाचित मेयर साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्याग सम्बन्धी ऐन बमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

२०७९ वैशाखमा भएको चुनावमा एमालेबाट निर्वाचित भएकी साह आमजनता पार्टीमा प्रवेश गर्नुभएको छ । आम जनता पार्टी एमाले छाडेका रीना साहकै पति प्रभु साहले गठन गर्नुभएको दल हो ।

प्रकाशित मिति: २०२३-१०-१७ , समय : १४:११:४१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित