दशैँको तेस्रो दिन : सप्तरीको छिन्नमस्ता भगवती सहितका मन्दिरहरुमा भक्तजनको भिड
मिति: २०२३-१०-१७ , समय : ०७:४५:०४ , शुभ नारायण यादब
मिति: २०२३-१०-१७ , समय : ०७:४५:०४ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
दशैँको तेस्रो दिन अाज बिहानैदेखि सप्तरीको छिन्नमस्ता भगवती सहितका मन्दिरहरुमा पुजाअाजाकाे लागि भक्तजनको भिड लागेको छ । प्रत्येक बर्ष झे यसबर्ष पनि मुलुकमै प्रसिद्ध मानिएको सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ स्थित सखडेश्वरि मन्दिरमा नेपाल सहित छिमेकी देश भारतकाे विभिन्न स्थानबाट लाखौं भक्तजनहरु पुजाअाजा गर्नकाे लागि घटस्थापना दिन देखि ने भिड लागेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
यता चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भिड लाग्छ । काठमाण्डाै उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालीकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।
बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा बेलुका बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-१०-१७ , समय : ०७:४५:०४ , १ वर्ष अगाडि