सप्तरीकाे बरमझियामा बसको ठक्करबाट एक बालकको मृत्यु
मिति: २०२३-१०-१२ , समय : १३:२३:३८ , गामघर डेस्क
मिति: २०२३-१०-१२ , समय : १३:२३:३८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. २ बरमझियामा गएराति सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राजकुमार गुप्ताका ६ वर्षिय छोरा योगेन्द्र गुप्ता छन् ।
पूर्व पश्चिम लोकमार्गमा भारदहबाट कञ्चनपुरतर्फ आउँदै गरेको प्र २—०३—००१ ख १०१० नम्बरको यात्रुबाहक बसले घर नजिकै ठक्कर दिएको थियो ।
यता ठक्कर दिने बस र चालक सुनसरी बराहक्षेत्र नपा ७ बस्ने हेमलाल माझी प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-१०-१२ , समय : १३:२३:३८ , 2 years अगाडि