प्रेस सेन्टर सप्तरीसंग कमाण्ड १ को ईन्चार्ज रामकुमार शर्मासंग छलफल
मिति: २०२३-१०-११ , समय : १९:३६:२५ , गामघर डेस्क
मिति: २०२३-१०-११ , समय : १९:३६:२५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ का ईन्चार्य रामकुमार शर्मासंग प्रेस सेन्टर नेपाल,सप्तरीले विभिन्न विषयमा बुधवार पत्रकार महासंध शाखा सप्तरी,राजविराजको भवनमा छलफल गरेको छ ।
सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार तथा प्रकाशन,प्रसारण विभागका सदस्य देवराम यादव, प्रेस सेन्टर नेपालका प्रदेश महासचिव गोपाल गुप्ता, प्रेस सेन्टर नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिनानाथ यादव,उपाध्यक्ष बिन्दु यादव,कोषाध्यक्ष जीतेन्द्र गुप्ताको छलफलमा सहभागीता रहेको थियो । सो अवसरमा ३ महिने अभियानका १ नं. कमाण्डका ईन्चार्य शर्माले महादेवा,तिलाठी कोइलाडी,छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका सहित ३७ वडा मध्ये ३३ वडामा भेला,प्रशिक्षण,अभियान टोली निर्माण भएको जानकारी दिनु भयो । शर्माका अनुसार केही दिन भित्रै ४ वटै वडामा समेत अभियान सम्पन्न हुने जानकारी दिदै विगतमा अभियानको दौरानमा भएको कमी कमजोरीलाई सुधारेर जाने प्रतिबद्घता ब्यक्त गर्नु भयो । उहाँले अभियानबाट सुतेको कार्यकर्ता ब्युझेको छ,निष्क्रिय संगठन सक्रिय भएको छ, कार्यकर्ता तथा सदस्यहरुको पार्टी प्रति आशा एवं बिश्वास बढेको,गुटबन्दी कमजÞोर भएको, लामो समय देखि बोलचाल बन्द भएकाहरू बिच हार्दिकता बढदै, पार्टी क्रमशः एकताबद्ध हुदैछ,पार्टी र सरकारको असल एवं जनपक्षीय कामको प्रचार प्रसार भएको,माओवादी पार्टी बाहिर अन्य पार्टी र जनस्तरमा हाम्रो पार्टी प्रति ध्यानआकर्षण हुदै, सुशासन र समृद्धीको लागि भ्रष्टाचार बिरुद्ध आन्दोलन अगाडी बढाउदा पार्टी प्रवेशको लहर चल्न सक्ने सम्भावना आफुले अयिानको क्रममा महशुस गरेको जानकारी गराउनु भयो ।
प्रकाशित मिति: २०२३-१०-११ , समय : १९:३६:२५ , १ वर्ष अगाडि