इजरायलमा ज्यान गुमाएका आनन्द साहकाे परिवारलाई मधेस प्रदेशले पाँच लाख रुपैयाँ दिने

मिति: २०२३-१०-११ , समय : ११:३६:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेश सरकारले इजरायलमा हमास समूहकाे आक्रमणमा परि ज्यान गुमाएका धनुषा लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहकाे परिवारलाई पाँच लाख रुपैयाँ दिने भएकाे छ ।

मुख्यमन्त्री सराेजकुमार यादवले मङ्गलवार हिजाे बेलुका एक शाेक वक्तव्यमार्फत् राहतस्वरुप पाँच लाख रुपैयाँ मृतक साहकाे परिवारलाई दिने बताउनु भएकाे हाे ।

उहाँले आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएकाे छ । उहाँले युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनाहीन कार्य भएकाे बताउनुभयाे ।

जारी विज्ञप्तिमा भनिएकाे छ ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । अनाहकमा ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’ रासस

प्रकाशित मिति: २०२३-१०-११ , समय : ११:३६:३८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्