थारू समुदायका महिलाहरुले राजविराजमा मनाइयो जितिया महोत्सव

मिति: २०२३-१०-०७ , समय : १७:०५:१८ , विन्दु कुमार यादव

तस्बिर : सामाजिक सन्जालबाट

विन्दु कुमार यादव

राजविराज ।
सप्तरीको राजविराजमा एक कार्यक्रम विच शनिवार १२ औं जितिया महोत्सव २०८० कार्यक्रम सम्पन्न गरेको छ । सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै थारू समुदायका महिलाहरुले सो जितिया महोत्सव मनाएका छन्। थारु आतिवासी महिला समन्वय समिति राजविराज ८ को आयोजनामा सो थारु महोत्सव सम्पन्न गरेको हो ।राजविराज ८ को हरी सिंहको फुलबारीमा आयोजित महोत्सवको उद्घाटन गर्दै राजविराज नगरपालिकाको कार्यवाहक प्रमुख ईसरत प्रविणले जितिया पर्व तराई मधेशको ठूलो पर्व रहेको बताउदै यस पर्वमा राजविराज नगरपालिकाले विदा पनि दिएको बताउनुभयो । थारु आतिवासी महिला समन्वय समिति राजविराजका अध्यक्ष चन्द्रकला चौधरीको अध्यक्षता तथा कार्यभार प्रमुख प्रविणको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजविराज नगरपालिका वडा नम्वर ८ को वडा अध्यक्ष जय नारायण मण्डल,ई वद्री नारायण चौधरी,मञ्जु श्रेष्ठ,पूर्व सांसद तथा महिला नेतृ लक्ष्मी चौधरी, पूर्ण प्रसाद चौधरी,समाजसेवी अनार देवी चौधरी लगायतका व्यक्तिहरुले आ आफना विचार व्यक्त गर्नुभएको थियो । आयोजित कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउने वडा अध्यक्ष जय नारायण मंडल,युवा पत्रकार विन्दु कुमार यादव, दिनानाथ यादव लगायतका एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।सोही कार्यक्रममा समा चौधरी,अपर्णा चौधरी, दिप स्मृति, काजल चौधरी, सिमु चौधरी, आतिथ्य चौधरी, निरज चौधरी,सुजन चौधरी लगायतका एक दर्जन भन्दा बढी कलाकारहरुले आ आफना नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा थारु सामुदायका महिलाहरुले थारु परम्परागत पहिरनमा सहभागी भएका थिए ।

प्रकाशित मिति: २०२३-१०-०७ , समय : १७:०५:१८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्