मधेस प्रदेश : जितिया पर्वमै एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या, एक युवक पक्राउ

मिति: २०२३-१०-०७ , समय : ०९:२८:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

वीरगँज । जितिया पर्वकै दिन मधेस प्रदेशमा एक महिलाको हत्या भएको छ । शुक्रबार बिहान वीरगञ्जमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको छ ।

धारिलो हतियारले प्रहार गरी छपकैयाकी पुनम देवीको हत्या भएको प्रहरी स्रोतलेजनाएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारका लागि नेशनल मेडिकल कलेज पुर्याइएकोमा उनको अत्यधिक रक्तश्रावको कारण मृत्यू भएको जनाइएको छ ।

स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । पुनम देवीको श्रीमान भारतको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् ।

छोरीको विवाह भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् । यता घटनाबारे प्रहरीलाई बिहान ४ बजे जानकारी गराइएको थियो ।

जितिया पर्वका लागि बिहानै उनको घरमा पुगेकी बहिनीले दिदीलाई अचेत अवस्थामा बेडमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यता, प्रहरीले पुनम देवी हत्या प्रकरणमा एकजनालाई नियन्त्रणमा लिएको छ । हत्याको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइ नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ । न्यूज ब्यूरोबाट

प्रकाशित मिति: २०२३-१०-०७ , समय : ०९:२८:५९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित