सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिकाे लागि मिथिलान्चलमा जितिया पर्व

मिति: २०२३-१०-०७ , समय : ०७:०९:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । मिथिलान्चलमा आज जितिया पर्व मनाइँदैछ । सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व अस्ति बिहीवारदेखि विधिवत् रुपमा शुरु भएको हो ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले आफ्नाे सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवम् पारिवारिक सुख–शान्तिका लागि पूजा आराधना गर्दै उत्साहका साथ मनाउने गर्छन् । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्छन् । यस पर्वमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन् । यस्तोमा पाकाले कथा भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

यसेबिच राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतले जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०२३-१०-०७ , समय : ०७:०९:४२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित