मधेश प्रज्ञा प्रतिष्ठानले चैतको पहिलो सातामा प्रादेशिक सेमिनारको आयोजना गर्ने….

मिति: २०२३-०३-०३ , समय : १७:२७:०६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रज्ञा प्रतिष्ठानले आगामी चैतमा प्रतिष्ठानको प्रादेशिक सेमिनारको आयोजना गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानको कार्यालयको शुभारम्भ भएपश्चात अध्यक्ष रामभरोस कापडि भ्रमरको अध्यक्षतामा बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको हो ।

प्रतिष्ठानले प्रतिष्ठानको बजेटमा भएको व्यवस्था अनुसार आगामी चेतको पहिलो सातामा प्रादेशिक सेमिनारको आयोजना गर्ने, चैतदेखि प्रतिष्ठानको गतिविधिहरु समेटिएको त्रैमासिक बुलेटिनको प्रारम्भ गर्ने निर्णय गरेको हो ।

यस्तै, प्रतिष्ठानका अध्यक्ष र सदस्यहरुको विभागीय जिम्मेवारी तय गरिएको हो । जसअनुसार अध्यक्ष कापडिको साहित्य र संस्कृति, सदस्य डा. गोपाल ठाकुरको भाषा र गीत संगीत र दिनेश कुमार यादवलाई कला र नाटकको जिम्मेवारी दिइएको हो ।

यस्तै, सम्बन्धित विभागलाई सहयोग पु¥याउने उदेश्यले एउटा विज्ञ समूहको गठन गरिने निर्णय भएको प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-०३ , समय : १७:२७:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्