सप्तरीको विभिन्न पालिकामा नेकपा (माओवादी केन्द्र) काे अगुवा कार्यकर्ता भेला

मिति: २०२३-०९-२६ , समय : १९:५७:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा वडा स्तरीय अगुवा कार्यकर्ता भेला हनुमाननगर कंकालिनी नगरपालिका –६ दुई न. जोगिनियाँ स्थित राम जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न गरेका छन । सो भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्ज एव पुर्व मन्त्रि महेन्द्र पासवानले रुपान्तरण स्वयमवाट प्रारम्भ गर्नु पर्ने बताउदै पार्टीको उपलब्धिको प्रचार प्रसार जनता माझ गएर गर्नु पर्नेमा पार्टी पक्तिलाई आगूह गर्नुभयो । अहिलेको संसदिय निर्वाचन प्रणाली महंगो भएकोले गरिव,दलित लगायतका समुदायलागी समावेशी,समानुपातिक,रुपमा सहभागी गराउन निर्वाचन प्रणाली अब देशमा राष्टपति कार्यकारी र सांसदहरु समानुपातिक हुनु पर्ने माओवादी पार्टीको एजेण्डालाई सबै राजनीतिक पार्टीले सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले आम जनताको शिक्षा,स्वास्थ्य र रोजगारको ग्यारेण्टी सरकारले लिनु पर्ने बताउनुभयो । मुलुक हरेक आन्दोलनको नेतृत्व माओवादीले गरी रहेकोले यसको प्रचार प्रसार माओवादी नेता,कार्यकर्ताले गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले देशमा जनयुद्घ नभएको भए राजतन्त्र नढल्ने बताउनु हुदै माओवादीमा ब्यक्तिहरु विचार र सिद्घान्तवाट लैस भएकाहरु मत्र लागेको कारण १ सय ४ वर्षका राजतन्त्र समाप्त भएर अहिले देशमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।यसमा हजारौ महान योद्घाहरुले उच्च शहादत दिएका कारण यो प्रणाली आएको बताउनु भयो । अभियानबाट नै अव सवै प्रवृती समाप्त भएर जाने दावी गर्नु भयो । सो अवसरमा स्थनिय समस्या विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनु भयो । सो अवसरमा बिशिष्ठ अतिथि पुर्व प्रदेश सदस्य छेदी रजक(विमल)नगरपालिकाका संयोजक राहुल मण्डल, पुर्व जिल्ला सदस्य बशन्त मण्डल,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव,लगायतले अभियानको बारै आ आफनो विचार ब्यक्त गरेक थिए । वडा भेला सुरज मण्डलको अध्यक्षतामा भएको थियो । सोही भेलावाट रामचन्द्र मण्डल,सुरज मण्डल,लालदेव मण्डल,शिवचरण मण्डल,रोहित मण्डल,मो.रहिम मंसुरी,मंगल मण्डल,ममतादेवी रजक,राजेन्द्र रजक,मजवादेवी मण्डल,जगदिश मण्डल लगायत अभियान टोलीमा रहेको अभियान सञ्चालनको लागी जिम्मेवारी दिएको प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादवले जानकारी दिनु भयो ।
यसैविच जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संचालनको विभिन्न समितिहरु को गठन गर्दै नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) सप्तरी जिल्लाको बौधे बरसाईन न.पा.को वाडा न.१० को भेला तथा बैठक सप्पन्न भएको छ ।
यस्तै जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत घर घरमा माओवादी जन जनमा माओवादी कार्यक्रम अग्निसाइर कृष्णा संवरण गाउँपालिकाले वार्ड नं.२ मा स्थित सितापुर कनौलीमा सम्पन्न गरेका छ। नेकपा माओवादीका बेचन चौधरीका अध्यक्षता तथा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्ज पूर्व मन्त्री महेन्द्र पासवानको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ। पूर्व प्रदेश सदस्य छेदी रजक (बिमल), पूर्व विधेयक सरस्वती चौधरी,पुर्व प्रदेश सभाका सदस्य प्रमिला यादव,पशुपति चौधरी , भगवती चौधरी,अरुण चौधरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो ।

प्रकाशित मिति: २०२३-०९-२६ , समय : १९:५७:०९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित