शिक्षा विधेयकको बिरुद्ध राहत शिक्षकहरु काठमाण्डाैकाे सडकमै सुतेर प्रदर्शन गरे

मिति: २०२३-०९-२५ , समय : १५:४१:२३ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

काठमाण्डाै । राहत शिक्षकहरुले काठमाण्डाैकाे बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।

गएकाे असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । याे सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

प्रकाशित मिति: २०२३-०९-२५ , समय : १५:४१:२३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्