मधेश प्रदेशः बोल्न नसक्ने ११ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

मिति: २०२३-०९-२४ , समय : १५:०९:५८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशमा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारामा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १२ का राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो ।

लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२४ , समय : १५:०९:५८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्