आज बाबा विश्वकर्मा , हरितालिका तीज र मिथिलान्चलमा चैाठिचन (चौरचन) पर्व मनाउँदै

मिति: २०२३-०९-१८ , समय : ०७:३९:४९ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । आज एकेदिन हरितालिका तीज,बाबा बिश्वकर्मा र मिथिलान्चलमा चैाठिचन अर्थात (चौरचन) पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ ।

तीजको अवसरमा काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । यस्तै मधेस प्रदेशमा हर्षाेउल्लासका साथ बाबा बिश्वकर्माकाे पुजा गरि मनाउँदै छ । खासगरी याे अवसरमा जिप ,बस ,कार ,माेटरसाइकल , साइकल लगायतका मेसिन तथा अाेजारहरुकाे पुजा गरि बाबा बिश्वकर्मा पर्व मनाउँदै अाएकाे छ । यसेगरि मिथिलान्चलमा भव्यतापुर्वक अाज चैाठिचन अर्थात (चौरचन)पर्व मिथिलाका महिलाहरुले मनाउँदै छ । खासगरी बेलुका अस्ताउदाे सुर्य भगवानकाे पुजा गरि मिथिलान्चलका महिलाहरुले साे पर्व मनाउँदै अाएकाे हाे । सन्तान ,घर परिवारकाे सुख शान्तिकाे कामना गर्दै मिथिलामा हर्षाेउल्लासका साथ चैाठिचन अर्थात (चौरचन)पर्व मनाउँदै अाएकाे पण्डित रामकुमार शास्त्रिले बताउनुभयो । साे अवसरमा पुरी ,केरा, दहि ,चिनि ,स्याउ लगायतका पुजाका सामग्रीहरु भगवानलाइ चडाइ मरवामा बसेर खाने चलन रहेको छ ।

प्रकाशित मिति: २०२३-०९-१८ , समय : ०७:३९:४९ , १ वर्ष अगाडि