सप्तरीमा नेकपा (माओवादी केन्द्र)काे नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
मिति: २०२३-०९-१४ , समय : १९:३१:१५ , गामघर डेस्क
मिति: २०२३-०९-१४ , समय : १९:३१:१५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला हनुमाननगर कंकालिनी नगरपालिका –१० ईनर्वा चौकमा बिहिबार सम्पन्न गरेका छन । सो भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्य पुर्व मन्त्रि महेन्द्र पासवानले प्रमुख अतिथीको आसन बोल्दै रुपान्तरण आफैवाट शुरु गर्नु पर्ने बताउदै पार्टीले गरेका कामको प्रचार प्रसार जनतामा गएर गर्नु पर्नेमा जोड दिनु भयो । अहिलेको निर्वाचन प्रणाली महंगो भएकोले गरिव,दलित लगायतका समुदायलागी निर्वाचन प्रणालीमा आमुल परिर्वतन अपरिहार्य रहेकोले देशमा राष्टपति कार्यकारी र सांसदहरु समानुपातिक हुनु पर्ने माओवादीको एजेण्डालाई सवै राजनैतिक पार्टीले साथ,सहयोग गर्न आग्रह गर्नु भयो ।
आम जनताको शिक्षा,स्वास्थ्य र रोजगारको ग्यारेण्टी सरकारले लिनु पर्ने एजेण्डा माओवादी पार्टीको रहेकोले बताउनु भयो । मुलुक अहिले माओवादीको एजेण्डामा अगाडी वढी रहेकोले यसको प्रचार प्रसार माओवादी नेता,कार्यकर्ताले गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले माओवादीका एजेण्डा अरुले अपहरण गरेकोमा चिन्ता ब्यक्त गर्दे अव हाम्रो कार्यशैली ,ब्यवहार,पृथक बनाउन नसक्नेको अस्तित्व समाप्त भएर जाने विचार ब्यक्त गर्नु भयो । उहाँले सम्पुर्ण रुपमा माओवादी नबिगको बताउदै कार्यकर्तामा निराशा आउन दिन पार्टीको उपलब्धी जनता समक्ष पुर्याउनु पर्नेमा जोड दिनु भयो । देशमा जनयुद्घ नभएको भए राजतन्त्र ढल्ने थिएन । माओवादी विचारवाट लागेको कारण १ सय ४ वर्षका राजतन्त्र समाप्त भएर देशमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।यसमा हजारौ महान योद्घाहरुले उच्च शहादत दिएका कारण यो प्रणाली आएको बताउनु भयो । अहिले वाक स्वतन्त्रता लगायतको अधिकार लोकतान्त्रिक गणतन्त्र आए पछि मात्र पाएको बताउदै अहिले विगतका कमरेडी भावनामा विचलन आएर ब्यक्तिगत स्वार्थ अगाडी सारेको कारण गुट,उपगुट हावी भएको थियो । अव त्यो ब्यक्तिगत स्वार्थलाई खतम पार्नको लागी आफैवाट रुपान्तरण गर्नु पर्ने पासवानले बताउनु भयो । सो अवसरमा स्थनिय समस्या वाढी,डुवान लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनु भयो । सो अवसरमा बिशिष्ठ अतिथि पुर्व प्रदेश सदस्य छेदी रजक(विमल)ले सम सामयिक विष वस्तुका साथै अभियानको सर्कुलर बाचन गरेका थिए । पालिका संयोजक राहुल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व प्रदेश सदस्य बशन्त मण्डल,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव,प्रदेश सचिव ध्रुवकुमार मण्डल,स्थानिय नसिवलाल मण्डल लगायतले जिल्लामा गुट,उपगुटलाई समाप्त गरेमा अगामी हुने २०८४ सालको निर्वाचनमा जिल्लामा लाल झण्डा फहराउने दावी गर्नु भयो । सोही भेलावाट वडा १ र १४ मा बशन्त मण्डल,३,९,१३ वडामा राहुल मण्डल,७,१२ वडामा राजेश्वर ठाकुर,१० वडामा श्रवण मण्डल,११,८ वडामा मो.जागीर, २ वडामा सुर्यनारायण मण्डल,४ वडामा बद्री गौइत र ५,६ वडामा बुद्घिमान श्रेष्ठलाई अभियान सञ्चालनको लागी जिम्मेवारी दिएको रुपान्तरण अभियानी छेदी रजक(विमल)ले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२३-०९-१४ , समय : १९:३१:१५ , १ वर्ष अगाडि