गौहत्याको बिरुद्ध काठमाण्डाैमा राप्रपाकाे प्रदर्शन
मिति: २०२३-०९-१३ , समय : २०:४५:३९ , गामघर डेस्क
मिति: २०२३-०९-१३ , समय : २०:४५:३९ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डाैमा प्रदर्शन गरेको छ । गौहत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजी लगायतको माग राखेर राप्रपाले आज बुधवार काठमाण्डाैमा प्रदर्शन गरेको हो ।
राप्रपाले गौहत्या बढेको भन्दै विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । प्रदर्शनमा राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, सङ्घीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण, आम राहत प्रदान लगायतका मुद्दा उठाएको छ ।
भृकुटीमण्डपबाट शुरु भएको विराेध र्याली रत्नमापर्कमा पुगेर सभामा परिणत भएको छ ।
प्रकाशित मिति: २०२३-०९-१३ , समय : २०:४५:३९ , १ वर्ष अगाडि