नेम्वाङको निधनका कारण प्रतिनिधिसभाको बुधवारको बैठक स्थगित

मिति: २०२३-०९-१२ , समय : १८:५१:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण भाेलि बुधवार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी स्थगित भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि पर्सि बिहीवार दिउँसो ३ बजे तोकेकाे जनाउनुभएको छ ।

आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगित भएको छ ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : १८:५१:३३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित