जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भाेलि बिहीवार नै रहेको पञ्चाङ्ग निर्णायक समितिको भनाइ
मिति: २०२३-०८-३० , समय : १०:५६:३३ , गामघर डेस्क
मिति: २०२३-०८-३० , समय : १०:५६:३३ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ ।
यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो ।
भोलि बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।
विशेष गरी नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र भोलि बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् ।
तर यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको समितिले विज्ञप्ति निकालेर जनाएको छ ।
प्रकाशित मिति: २०२३-०८-३० , समय : १०:५६:३३ , १ वर्ष अगाडि