जबर्जस्तीकरणी मुद्दाका फरार दोषी ६ वर्षपछि घरबाटै पक्राउ
मिति: २०२३-०८-३० , समय : ०७:५५:३३ , गामघर डेस्क
मिति: २०२३-०८-३० , समय : ०७:५५:३३ , गामघर डेस्क
गामघर डेस्क
उदयपुर ।
काेशि प्रदेशको उदयपुरमा जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएको ६ वर्षपछि एक फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका– १ पाडारे बस्ने ३० वर्षीय मीनबहादुर श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट ०७४ जेठ २३ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १२ वर्ष ५ महिना २६ दिन कैद सजाय तोकिएको छ। जुन फैसलाबाट दोषी ठहरिएका श्रेष्ठ ६ वर्षपछि मंगलबार पक्राउ परेका हुन्।
प्रनाउ श्रेष्ठका अनुसार फैसलापछि श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले घरबाटै पक्राउ गरी फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२३-०८-३० , समय : ०७:५५:३३ , १ वर्ष अगाडि