कमला नदीमा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह
मिति: २०२३-०८-२८ , समय : ०७:०४:३४ , गामघर डेस्क
मिति: २०२३-०८-२८ , समय : ०७:०४:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । उदयपुरको कमला नदीमा बाढीको जोखिम छ ।
कमला नदीको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कमला नदी सिन्धुलीबाट उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै बग्छ ।
कमला नदीको तटीय क्षेत्र तथा डुबान भैरहने होचा ठाउँमा अहिले बिहानसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ ।
आज देशका पहाडी थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी क्षेत्रको एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच मुग्लिन–नारायणगढ सडकमा अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । सडकको अवस्था सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०८-२८ , समय : ०७:०४:३४ , १ वर्ष अगाडि