प्रदेश सांसद चौधरीद्वारा सगरमाथा बेदमाता गयात्री ट्रष्टको उदघाटन

मिति: २०२३-०८-२६ , समय : ०८:२६:०३ , महेश सिंह

तस्बिर : सामाजिक सन्जालबाट

महेश सिंह

लहान । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १ मेदनिपुरमा १५ लाखको लागतमा बेदमाता गयात्री ट्रष्ट भवन निर्माण भएको छ। प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरीको संसदिय विकास कोषबाट निर्माण भएको भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको हाे ।

हिन्दु धार्मिक परम्परा अनुसार बिधिबत रूपमा नवनिर्मित भवनको उदघाटन,नयाँ भवनको शिलान्यास र बजेट सार्बजनिक कार्यक्रम सम्पन्न भएको हो। सुशील चन्द्र अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सिरहा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी, बिशिस्ट अतिथिमा धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो, सम्बन्धित वडाका अध्यक्ष सुर्य नारायण यादव,भागवत कथा वाचक राम कुमार यादव, अध्यक्ष मागैन महतो, सचिब ज्ञानेन्द्र कुमार चौधरी लगायत अतिथिको उपस्तिथि रहेको आयोजक समितिका गयात्री पुत्र चन्देश्वर कामतीले बताए।

समाजमा धार्मिक सहिष्णुता कायम हुनको लागी गयात्री जाप कार्यक्रम सुरु गएको हो।प्रमुख अतिथि चौधरीका अनुसार नवनिर्मित भवनको माथी अझै बजेटको आवश्यकता रहेको भन्दै आफुले बजेट थप्ने बताए।बिशिस्ट अतिथि शिव शंकर महतोले नयाँ नयाँ निर्माण हुने मन्दिर सुन्दर र आकर्षक मन्दिर बनाउने प्रतिबद्धता जनाउँदै आफू ब्यक्तीगत रूपमा ५ हजार ईटा दिने प्रतिबद्धता जनाएका छन ।

प्रकाशित मिति: २०२३-०८-२६ , समय : ०८:२६:०३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित