तिलाठी कोइलाडी :भागवण्डा नमिलेपछि पालिकाको बिज्ञापन र परीक्षा स्थगित…

मिति: २०२३-०८-२३ , समय : १८:४९:४० , नविन निर्भय यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन निर्भय यादव

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले श्रावण महिनाको ३२ गते प्रकाशित गरिएको बिज्ञापन स्थगित गरेका छ्न् ।
अाज बुधबार पालिकाले सूचना जारी गर्दै कृषि स्नातक,रोजगार सहायक, सहायक कम्प्युटर अपरेटर, हलुका सवारी चालक, कार्यालय सहयोगी, सुरक्षा गार्ड र पोषण स्वयंसेवक पदपूर्ति सम्बन्धि बिज्ञापनहरु र भदौ २२ गते हुने स्वयंसेवक शिक्षकको परीक्षा स्थगित गरिएको हो । सो पालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झाका अनुसार अर्को आदेश नहुन्जेलसम्मको लागि उक्त बिज्ञापनहरु र परीक्षा समेत स्थगन गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादव सरुवा भई गएकाले आउने हाकिम हाजिर नहुन्जेलसम्म सबै बिज्ञापन स्थगित गरिएको उनले बताए । हाललाई स्थगित गरिएको बिज्ञापनहरु तथा परीक्षाबारे गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल र उपाध्यक्ष फुल कुमारी मण्डललाई बोधार्थ गरिएको झाले बताए । यता बिज्ञापन स्थगित गरेपछि विज्ञापनका आवेदनको तयारीमा रहेका र परीक्षार्थीहरु बिचल्लीमा परेका छ्न । आवेदन दिन आउनेहरुलाई गाउँपालिकाले फर्काउने गरेको तिलाठी कोइलाडी-६ बस्ने नबिन कुमार सिंहले भने पालिकाले सूचना देखाउँदै आवेदन नदिन आग्रह गरेपछि फर्केको हुँ । गाउँपालिकाका पदाधिकारी र कर्मचारी बीचमा भागवण्डा नमिलेपछि बिज्ञापन स्थगित गरिएको हुन सक्छ सिंहको आरोप छ । बिज्ञापन स्थगित गरेपछि स्थानीय युवाहरू आक्रोशित भएका छ्न । विभिन्न रिक्त पदहरुमा पालिकाले पदपूर्ति गर्ने दायित्व रहेता पनि बिज्ञापन स्थगित गर्नु गैर जिम्मेवार कार्य भएको उनीहरुको गुनासो छ । भागवण्डा नमिलेको अवस्थामा कार्यपालिकाले कर्मचारीले सूचना स्थगित गरिएको हुन सक्ने उनीहरु बताउँछन् । यसवारे गाउँपालिका उपाध्यक्ष फुल कुमारी साहसंग बुझ्दा उनले आफुलाई केहि थाहा नभएको बताइन् । यता साे सम्बन्धमा पालिका अध्यक्ष अरुण कुमार मण्डललाई सम्पर्क गर्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १८:४९:४० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित