झन्डै १ महिनापछि संसद् बैठक सञ्चालनमा….
मिति: २०२३-०८-२३ , समय : १६:३५:३० , गामघर डेस्क
मिति: २०२३-०८-२३ , समय : १६:३५:३० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । झन्डै एक महिनापछि प्रतिनिधिसभाकाे बैठक सञ्चालनमा आएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएकाे साढे ६० किलाे सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिकाे माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसदमा अवराेध गर्दै आएकाे थियाे । संसदमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज बुधवार सहमति भएपछि सदन सञ्चालनमा आएकाे हाे ।
आज बुधवार भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ । तर साढे ६० किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् । उज्यालो
प्रकाशित मिति: २०२३-०८-२३ , समय : १६:३५:३० , १ वर्ष अगाडि