भारतकाे मिजाेरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा १७ जना मजदुरकाे मृत्युु

मिति: २०२३-०८-२३ , समय : १६:३२:४२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतकाे मिजोरममा बुधवार (आज) बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर पर रहेकाे सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।

यसैबीच घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिइने जनाएको छ । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । एजेन्सी

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १६:३२:४२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्